• मंगलबार, भाद्र ३० २०८३

नेपालले दियो जिम्बावेलाई १८२ रनको लक्ष्य


आइतबार, बैशाख १८ २०७९
805
Shares

टस हारेर ब्याटिङ्‌को निम्तो पाएको नेपालले जिम्बावेलाई १८२ रनको लक्ष्य दिएको छ। टियूस्थित क्रिकेट खेलमैदानमा भइरहेको टी-२० प्रतियोगितमा नेपालले निर्धारीत २० ‌ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको हो।

नेपालका लागि कुशल भुर्तेल ३१ बलमा ४६ रन जोडे। त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रनको पालि खेले। आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भएभने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे। यस्तै मोहम्मद आदीम आलम २७ बलमा ४७ रन जोडे।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार