• मंगलबार, भाद्र ३० २०८३

गण्डकी प्रदेशको विजयी सुरुवात


आइतबार, बैशाख १८ २०७९
780
Shares

छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा गण्डकीले हराएको हो ।

गण्डकीले ढोरपाटनमाथि २५–१६,२३–२५,२५–१९ र २६–२४ को सेटमा जित निकालेको हो । प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच खेल हुनेछ । यस खेल १२ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार