• बिहिबार, कार्तिक १३ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? 


आइतबार, बैशाख १८ २०७९
515
Shares

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १२८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६० पैसा पुगेको छ।

त्यस्तै, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७९ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा पाइन्छ। 

आज साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा पुगेको छ। कतारी रियाल एकको खरिदमा भने आज ३३ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३३ रुपैयाँ ६१ पैसा सटही गर्न सकिन्छ।

युएई दिराम एकको खरिददर आज ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा कायम गरिएको छ। 

आज कुवेती दिनार एकको खरिददर ३९७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ५ ८ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२५ रुपैयाँ १७ पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार