• मंगलबार, भाद्र ३० २०८३

नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै


आइतबार, बैशाख १८ २०७९
645
Shares

मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी नियुक्तिलगायत विषयमा निर्णय हुने बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी आजदेखि नियमित अवकाशमा जाँदैछन्।

यसैबीच आइजिपी नियुक्तिलगायत विषयमा शनिबार बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो।

नेपाल प्रहरीका आइजिपी शैलेश क्षापा क्षेत्री र सशस्त्र प्रहरीका आइजिपी पुष्पराम केसी आजदेखि अवकाशमा जाँदैछन्। सशस्त्रको आइजिपी राजु अर्याललाई बनाउने तयारी छ।

नेपाल प्रहरीको आइजिपीका लागि भने चार जना दौडमा छन्।

विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपी हुने दौडमा छन्। यीमध्ये एकलाई आइजिपी बनाउने तयारी छ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा धिरजप्रतापलाई आइजिपी बनाउने पक्षमा उभिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार