कोरोना भाइरसबाट प्रभावित वा शंकास्पद बिरामी देखिए तत्काल खबर गर्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ। गृह मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरेर संकटको घडीमा सहयोग गर्न सबैसँग आग्रह गरेको हो।
कोरोना प्रभावित वा शंकास्पद व्यक्तिहरुलाई अस्पतालसम्म पुर्याउन सरकारले विशेष टोली तयार गरेको र त्यसले काम गरिरहेको मन्त्रालयले जनाएको छ।
गृहले कोरोना रोकथामका लागि प्रभावकारी उपाय अपनाउन र तत्काल समस्या सम्बोधन गर्न आपतकालीन सञ्चालन केन्द्र तयार गरेको छ। केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि छन्।