• मंगलबार, भाद्र ३० २०८३

घरदैलो अभियानमा हिँडेका माओवादी नेता यौन दुव्र्यहारको आरोपमा पक्राउ


शुक्रबार, बैशाख १६ २०७९
1.1K
Shares

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रसुवाबाट प्रहरीले एक जना माओवादी नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका गाउँपालिका ३ धारापानीका ३५ वर्षीय गणेश विक रहेका छन् । विकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार