• मंगलबार, भाद्र ३० २०८३

ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?


शुक्रबार, बैशाख १६ २०७९
555
Shares

सुनको मूल्य बढेको छ भने चाँदीको यथावत छ। 

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यो साता लगातार घटेको सुनको मूल्य साताको कारोबारको अन्तिम दिन आज बढेको हो। अघिल्लो साताको शुक्रबार सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। मूल्‍य घटेर यो साताको पहिलो दिन आइतबार एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।  आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार