• शनिबार, साउन ९ २०८३

वीरगञ्जका रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टी (रिपार्ट सहित)


आइतबार, चैत्र ९ २०७६
1.2K
Shares

पर्साको वीरगञ्ज महानगरपालिकाका शिवकुमार रुगंटामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ आएको छ।

वीरगञ्ज आदर्शनगरका ५२ वर्षीय शिवकुमार रुगंटामा यसअघि कोरोना संक्रमण जाँचको रिपोर्ट पोजेटिभ आएको भनिए पनि आइतबार साँझको रिपोर्ट नेगेटिभ आएको हो।

भारत पटनाको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजले आइतबार साँझ शिवकुमारमा कोरोना संक्रमण नभएको रिपोर्ट दिएको हो।

आइतबार परिवारका सदस्यले पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगञ्जका एसपीलाई पटनामा उपचार गराइरहेका शिव कुमारमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी दिएपछि वीरगञ्ज महानगरको आकस्मिक बैठक समेत बसेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार