गोरखा । गोरखाकाे पालुङ्गटार स्थित ठाँटीपाेखरीमा आगोलागी भएकाे छ । आगोलागीबाट ठाँटीपाेखरी बजारकाे नगरपालिकाचाेक नजिकै रहेकाे दुई पसल जलेर नष्ट भएकाे हाे ।
सस्किया सेनेटरी एण्ड सप्लायर्स र संगै रहेकाे शन्देश टेलर्समा आगोलागी हुदा दुवै पसल पूर्णरुपमा ध्वस्त भएकाे स्थानीयले बताएका छन् ।

आगाेलागी भएकाे बिहान सवा ४ बजे मात्रै थाहा पाएकाे सस्किया सेनेटरी एण्ड सप्लायर्सका सञ्चालक सुरज श्रेष्ठले सिभिलखबरलाई बताए ।
आगाेलागी के कसरी भयाे भन्ने आफुलाई कुनै अनुमान नभएकाे समेत उनले बताए । हाल स्थानीय र प्रहरीकाे सकृयतामा आगाेलागी नियन्त्तणमा आएकाे स्थानीय किरण गिरीले जानाकारी दिए । घटनाकाे अनुसन्धान भइरहेकाे ठाँटीपाेखरी प्रहरीले जनाएकाे छ । घटनाबाट के कति क्षती भयाे भन्ने समेत विवरण आइसकेकाे छैन ।


तस्विरहरु : किरण गिरी