• मंगलबार, साउन १२ २०८३

थप १५ जनामा कोरोना संक्रमण, २४९ जना सक्रिय संक्रमित


बिहिबार, बैशाख १५ २०७९
555
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

विहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९८१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार