
गोरखा। भिरबाट खसेको ढुङ्गा लागेर गोरखाका एक पुरुषको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जाली भर्ने क्रममा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा नम्बर ४ लाप्राकका ३५ वर्षिय जीतबहादुर गुरुङको मृत्यू भएको डिएसपी लिलाराज लामिछाने बताए ।
झोलुङ्गे पुलको ग्यावीन जाली भर्ने क्रममा भिरबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा गम्भीर घाइते बनेको गुरुङलाई उपचारका लागि काठमाण्डौँ लैजाँदै गर्दा मृत्यू भएको उनले बताए ।
टाउकोमा गम्भिर चोट लागेका उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौको टिचिङ हस्पिटल लगिएको थियो । सोहि हस्पिटलमा उपचारको क्रममा गुरुङको मृत्यु भएको डिएसपी लामिछानेले बताए ।

