• मंगलबार, साउन १२ २०८३

जिल्ला अस्पतालको सेवा प्रवाहबारे गोरखामा नागरिक समाज र पत्रकारले गरे अनुगमन


बुधबार, बैशाख १४ २०७९
1.3K
Shares

गोरखा । जिल्ला अस्पतालको सेवा प्रवाहका बारे गोरखामा नागरिक समाज र सञ्चारकर्मीले स्थलगत अनुगमन गरेका छन् । सोच नेपालको आयोजना तथा नागरिक साझा सवालको समन्वयमा नागरिक समाज र पत्रकारको टोलीले जिल्ला अस्पतालको सेवा प्रवाहको अवस्थाका बारे अनुगमन र छलफल गरेका हुन् ।

अनुगमन पश्चात नागरिक समाजको टोलीलाई जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा हरिकुमार श्रेष्ठ, ब्यवस्थापन समितीका सदस्य पुष्पा श्रेष्ठ तथा सुचना अधिकारी कृष्ण ढकालले अस्प्तालको अवस्था, सेवा प्रवाहको अवस्था, चसनौती, समस्या तथा भावी योजनाका बारे जानकारी गराएका थिए ।

जसमा गोरखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको संख्या बढ्दै गएको बताइएको छ । अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा हरेक दिन करिब एक सय सेवाग्राही अस्पतालमा उपचार गराउन पुग्ने गरेको र हाल यस चालु आ.व. मा त्यो संख्या दोब्बरले बढेको मेसु डा. श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै यस बर्ष अघिल्लो बर्षहरुको तुलनामा सुत्केरी गराउन आउने महिलाको संख्यामा समेत बृद्धि भएको अस्पतालले जनाएको छ । जर्मन सरकारको करिब ३७ करोड आर्थिक सहयोगमा सुविधासम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको साथै अस्पतालले सेवा समेत थप गर्दै लगेको उनले बताए ।

अस्प्तालमा अझैपनि दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक र आवस्यक स्रोत साधनका साथै औजारहरु नहुँदा सोचे अनुसार सेवा प्रवाह गर्न नसकिएको डा श्रेष्ठले छलफलका क्रममा जानकारी गराएका थिए । अस्पतालमा खानेपानीको प्रयाप्त सुविधा र वैकल्पिक विधुतको ब्यवस्था नहुँदा सेवा प्रवाहमा कठिनाई भोग्दै आएको गुनासो समेत गरेको छ ।

रक्त सञ्चार केन्द्र नहुँदा जिल्लाका शल्यक्रिया लगायत डाइलसिस सेवाहरुमा समेत प्रभाव परेको मेसु श्रेष्ठले बताए ।

त्यस्तै जिल्ला अस्प्तालमा प्रयाप्त चिकित्सक, नर्स तथा प्रशासनीक कर्मचारीहरु नहुँदा सेवा प्रभावित बन्न पुगेको सुचना अधिकारी कृष्ण ढकालले बताए । हाल सबैजसो कर्मचारी कोभिड करारको रहेको र असार मसान्तसम्म मात्रै उनिहरुको म्याद रहेकाले तत्काल विकल्प खोज्न आवस्यक रहेको भनाई छ ।

त्यससगैं अस्प्तालमा गुणस्तरिय एम्बुलेन्स, शववाहन लगायतका यातायातका साधान समृत नभएको उनको गुनासो छ । छलफल कार्यक्रममा पत्रकार किरण लोहनी, शिव प्रसाद उप्रेती, हरिराम उप्रती, नागरिक समाजका स्थानेश्वर दुवाडी, सिताराम श्रेष्ठ लगायतले अस्पतालको सेवाका बारे जिज्ञासा राखेका थिए ।

छलफलकै क्रममा डा विनाेद दुवाडीले अस्पतालमा काम गर्दा स्राेत साधन र जनशक्ती अभावमा भाेग्नुपरेकाे समस्या र चुनाैतीका बारे अनुभव सुनाएका थिए ।

कार्यक्रममा अस्पतालको सेवा सुधारका लागि नागरिक समाज र मिडियाको भुमिकाका बारे समेत छलफल भएको सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार