• मंगलबार, साउन १२ २०८३

जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह


बुधबार, बैशाख १४ २०७९
630
Shares

सरकारले कोरोनाभाइरस (कोभिड–१९ं) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो ।

जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार