• मंगलबार, भाद्र ३० २०८३

आजदेखि १० प्रकारका सामान स्वदेश भित्र्याउन रोक (सुचीसहित)


बुधबार, बैशाख १४ २०७९
650
Shares

सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा पूर्णत रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)
३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट 
६. ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार