• मंगलबार, भाद्र ३० २०८३

ताप्लेमा विद्युत सर्ट भएर आगोलागी, घर पूरै नष्ट


मंगलबार, बैशाख १३ २०७९
995
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर १ ताप्ले छापथाेकमा आगोलागी भएको छ । विद्युत सर्ट भएर स्थानीय खुमल भट्टको घरमा आगोलागी भएको हो ।

घटनाबाट घरमा भएका नगद, सुनसहित अन्नपात, लत्ता कपडा, भाँडाकुँडा लगायतका सबै सामाग्री जलेर नष्ट भएको बताइएको छ ।

आगोलागीबाट मानविय क्षती भने नभएको स्थानीय कुविर पाैडेलले जानकारी दिए । घटनाबाट के कति क्षती भयाे भन्ने विवरण भने नआइसकेकाे बताइएकाे छ ।

तस्विर : नारायण भट्ट/ ताप्ले

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार