• मंगलबार, भाद्र ३० २०८३

‘छिटको सारी’को साथमा आए पेम पाण्डे ( भिडियो ) 


मंगलबार, बैशाख १३ २०७९
875
Shares

काठमाडौं। नायक आकाश श्रेष्ठ र कविता बिस्ट अभिनित  ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा  गायक लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको छ। डान्सीङ भर्सनको गीतमा प्रेम पाण्डे ( अनुपम )को शब्द, संगीत रहेको छ।  यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ।  भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।

श्याम लामाको निर्देशनमा भिडियो  तयार पारिएको हो।  जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार