• शुक्रबार, साउन २९ २०८३

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द


आइतबार, चैत्र ९ २०७६
840
Shares

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आज (आइतबार)देखि देशभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्यावश्यक बाहेक सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने बताएका थिए ।

सरकारले सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रवाह हुने १९ प्रकारका सेवालाई अत्यावश्यक सेवाको रुपमा सूचीकृत गरेको छ । ती सेवाहरु भने बन्द हुने छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार