• बिहिबार, कार्तिक १३ २०८३

कोरोनाका कारण भारतमा थप २५ सय संक्रमित, ३३ को मृत्यु


सोमबार, बैशाख १२ २०७९
585
Shares

कोरोनाभाइरसका कारण भारतमा थप २५ सय संक्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकहरूको संख्या पछिल्ला दिनमा बढ्दै गएको जनाएको छ ।

यसअघि, शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना संक्रमित भएको देखिएको थियो । मृतकको संख्या शनिबारभन्दा बढी ५४ रहेको थियो ।

पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या १५ हजार ७९ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार