• मंगलबार, भाद्र ३० २०८३

‘जीवन’को साथमा आए चन्द्र लावार ( भिडियो ) 


सोमबार, बैशाख १२ २०७९
740
Shares

काठमाडौं। गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश ‘जीवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतका  शब्द शिव चम्ल्गाईले लेखेका हुन्।

जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले सयुक्त रुपमा सम्पादन गरेका हुन्। जमन बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको युट्युव च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक लावारको स्वरमा समावेश ‘किन होला’ ‘एकै नजर’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। हाल अमेरिकामा रहेका गायक लावारले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार