गोरखा । सम्भावित कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सेवा प्रवाह बन्द गरेको छ ।
आइतबार कार्यालयले सुचना प्रकाशित गर्दै प्रवाह हुदै आएका दैनिक सेवालाई १३ दिन बन्द गर्ने बताएको हो ।
प्रशासकिय अधिकृत हर्क बहादुर रोकाद्धारा हस्ताक्षरित सुचनामा चैत ९ देखि आगामी २१ गतेसम्म सेवा रोक्न नेपाल सरकारको निर्देशन भएको बताइएको छ ।
कार्यालयबाट प्रवाह हुदै आएका नागरिकता, राहदानी, बिभिन्न सिफारिस, संघसंस्था दर्ता/नविकरण, हातहतियार दर्ता, नविकरण लगायतका सेवा बन्द गराइएको प्रशासकिय अधिकृत रोकाले जानकारी दिए ।