• मंगलबार, भाद्र ३० २०८३

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?


सोमबार, बैशाख १२ २०७९
695
Shares

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन ३ सयले घटेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुन १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार