• मंगलबार, भाद्र ३० २०८३

आज गोरखा भूकम्पको सातौँ स्मृति दिवस मनाइँदै, बारपाकमा सार्बजनिक बिदा


सोमबार, बैशाख १२ २०७९
1.8K
Shares

गोरखा। गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको सातौँ स्मृति दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।

वि.सं. २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भुकम्पमा परी मृत्यु हुनेहरुको सम्झनामा बारपाक सुलिकोट गाउपालिकाले सार्बजनिक बिदा दिएको हो । उक्त भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो। करिब नौ हजार मानिसको निधन भएको थियो।

गोरखा भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार