
नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा सय जना भन्दा बढीको मृत्यु भएको छ। घटनामा थुप्रै घाइते भएका छन्।
नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ। बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
मारिनेमा अधिकांश अवैध रुपमा बिक्री गरिएको इन्धन किन्न लाइनबद्ध भएकाहरु रहेका छन्।
उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको जनाइएको छ। विष्फोटमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन्।


