• मंगलबार, भाद्र ३० २०८३

 बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु 


आइतबार, बैशाख ११ २०७९
610
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

काठमाडौँ महानगरपालिका–३२ मा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौँको बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का ३२ वर्षीय कमल आलेमगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आलेमगर छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार