• मंगलबार, भाद्र ३० २०८३

‘भन को थियो?’ मा जीबी चिरन  र अस्मिताको अन्स्क्रिन प्रेम  ( भिडियो )


आइतबार, बैशाख ११ २०७९
1.4K
Shares

काठमाडौं। लोकप्रिय संगीतकार हरि लम्सालको संगीतमा रहेको ‘भन को थियो? बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा गायक केशव भावुकको स्वर सुन्न सकिन्छ।  गीतलाई न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीले लेखेकी हुन्।  उदयराज पौडेलको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा मोडल जीबी चिरन, अस्मिता जुरेली र दिनेश सुनारको अभिनय रहेको छ। दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’ मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि  गीतकार दवाडीको ‘म मजदुर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। नयाँ  म्युजिक भिडियो दर्शक सोर्तालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

https://youtu.be/FWIoVeaiUDo

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार