• मंगलबार, भाद्र ३० २०८३

यस्तो छ टाइगरको ‘हिरोपन्ती २’ को ट्रेलर


आइतबार, बैशाख ११ २०७९
1.6K
Shares

बलिउड अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘हिरोपन्ती २’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा टाइगरको एक्सन अवतारलाई देखाइएको छ।

रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दीन सिद्दीकी लैला नामक खलपात्रको भूमिकामा देखिएका छन्।

सादिज नाडियाडवालाले निर्माण गरेको फिल्ममा टाइगर, नवाजुद्दीनसँगै तारा सुतारियाको पनि मुख्य भूमिका छ। 

अहमद खानले निर्देशन गरेको ‘हिरोपन्ती२’ रजत अरोराले लेखेका हुन्। यो फिल्म अप्रिल २९ बाट हलमा प्रदर्शन हुँदैछ।  हिरोपन्तीको पहिलो भागलाई पनि दर्शकहरूले निकै रुचाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार