
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन ४ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाला सुन १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

