• मंगलबार, भाद्र ३० २०८३

गोरखाको एक होटलमा बिदेशी नागरिकको शव फेला


आइतबार, बैशाख ११ २०७९
715
Shares

गोरखा। गोरखाको एक होटलमा दक्षिण कोरियाका नागरिकको शव फेला परेको छ ।

शनिवार जिल्लाको चुमनुब्री गाउपालिका वडा नं १ मा रहेको धर्मसाला स्थित लार्के होटलमा ६४ बर्षिय डोङकि जङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रेकिङ काठमाण्डौ मार्फत लार्के पासको लागि मनास्लु पथमार्ग हुँदै आएको हुनसक्ने डिएसपि केदर खनालले बताए ।

शवको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि काठमाण्डौ त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगंज पठाईएको डिएसपि खनालले बताए । उक्त घटनाको प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको खनालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार