• मंगलबार, भाद्र ३० २०८३

पाँच दिने पत्रकारिता तालिम सम्पन्न


आइतबार, बैशाख ११ २०७९
820
Shares

गोरखा । गोरखामा पाँच दिने पत्रकारिकता तालिम आज (आइतवार) समापन भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना, नेपाल पत्रकार महाँसंघ गोरखा शाखाको समन्वय तथा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा पत्रकारिता तालिम समापन भएको हाे ।

कार्यक्रममा ४० भन्दा बढिले प्रशिक्षण लिएका थिए । तालिमका सहभागीहरुले आफुले ५ दिनको समयमा पत्रकारिता सम्बन्धी धेरै कुराहरु सिकेको र आगामी दिनमा पत्रकारीता पेशामा आफु आबद्ध हुने एक प्रशिक्षार्थीले बताए ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासघं गण्डकी प्रदेशका सचिव कैलाश बाबु श्रोष्ठ, गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार