• मंगलबार, भाद्र ३० २०८३

एन्फा गोरखामा किचलो, अधिवेशन स्थगित


आइतबार, बैशाख ११ २०७९
825
Shares

गोरखा। अखिल नेपाल फुटबल संघ एन्फा गोरखाको अधिवेशन स्थगित भएको छ ।
बिवादको कारण शनिवार आयोजना गरिएको साधारण सभा एवं अधिवेशन स्थगित भएको छ ।

एन्फा गोरखामा आवद्ध ११ मध्ये छ वटा क्ल्वका प्रतिनिधिले शनिवार अधिवेशन कार्यक्रम तय गरेर अध्यक्ष दिपेन्द्र श्रेष्ठले आफुखुसी स्थगित गरेको आरोप लगाएका छन् । हरमटारी क्लव, चेपे आदर्श क्लव, आदर्श युवा परिवार, तालदेवी युवा क्लव, द ओसन क्लव र मस्र्याङ्दी क्लवले अधिवेशनमा बोलाएर पत्तो नदिई स्थगित गरेको भन्दै अध्यक्षको आलोचना गरेका हुन् ।

अधिवेशन स्थगित गर्नु गैर कानुनी काम भएको बताउँदै छ वटा क्लवले पत्रकार सम्मेलन गर्दैै कार्यसमितिको बैठक बिना अध्यक्षले एकलौटी रुपमा अधिवेशन स्थगित गरेको आरोप लगाए । आफ्नो पक्षमा नतिजा नआउने भएपछि अध्यक्षले अधिवेशन स्थगित गरेकाे द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए ।

अबको कार्यकाल अध्यक्ष दिपेन्द्र श्रेष्ठले पुन दोहो¥याउन चाहेका छन् भने महासचिव बिसाल गुरुङले पनि दावी गरेका छन् । अधिवेशनमा दुईजना बिच प्रतिषप्रर्धा हुने देखिन्छ । केन्द्रिय समिति र निर्वाचन अधिकृतलाई अधिवेशन नहुने जानकारी गराएका अध्यक्षले आवद्ध क्लवलाई भने कुनै खबर नगरेको भन्दै छ वटा क्लवले आलोचना गरे ।

एन्फाका महासचिव बिशाल गुरुङले चार वर्षे कार्यकालमा अध्यक्ष श्रेष्ठले फुटबल बिकासको काम गर्न नसकेको, आर्थिक रुपमा प्रष्ट ब्यवाहार प्रस्तुत नगरेको आरोप लगाए । फुटबल संघको अधिवेशन स्थगित हुनुले अधिवेशन अन्यौल भएको उनले बताए ।

एन्फा गोरखाका अध्यक्ष श्रेष्ठले कार्यसमितिका जिम्मेवार पदाधिकारी अधिवेशनको आफ्नो काम छाडेर अधिवेशनमा मात्र केन्द्रित हुँदा तयारी नपुगेको बताए । अधिवेशन दिन बिहान सम्म कार्य समिति भित्रका साथीहरु नआएकोले स्थगित भएको श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार