• सोमबार, भाद्र १ २०८३

पूर्ण मात्रा लगाएको तीन महिनामै अब बुस्टर खोप लगाउन पाइने


शनिबार, बैशाख १० २०७९
640
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर खोप लगाउने भएको छ। 

यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकाहरुलाई मात्र बुस्टर खोप लगाउने गरिएको थियो। पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई पनि बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए। 

पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको उनले बताए। मन्त्रालयले १८ वर्षदेखि माथि उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार