• मंगलबार, भाद्र ३० २०८३

गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ


शुक्रबार, बैशाख ९ २०७९
575
Shares

काठमाडौं । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय बैंक कसूरमा पक्राउ परेका छन् ।

६८ लाख रुपैयाँको चेक बाउन्सको जाहेरीमा पक्राउ परेका उपाध्यायलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उपाध्याय गोरखापत्र संस्थानको महाप्रबन्ध भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बन भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नजिक हुँ भन्दै उनले धेरै व्यक्तिलाई ठगी गरेको आरोप छ ।

उनले कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवाको चुनावी प्रचारको जिम्मेवारी सम्हालेका थिए । उपाध्यायविरुद्ध अंगद खड्का नामका व्यक्तिले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार