• मंगलबार, भाद्र ३० २०८३

पर्वतको जलजलामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ


शुक्रबार, बैशाख ९ २०७९
660
Shares

पर्वत। बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
म्याग्दी जिल्ला बेनी नगरपालिका -४ सुर्केमेला घर भइ हाल जलजला गाउँपालिका वडा नं -३ निवासी २१ वर्षीय सन्देश छिनाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा जबर्जस्ती करणी गरेको भन्ने सुचना पश्चात जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि जबर्जस्ती करणी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार