eQmk'/, $ kmfu'g -/f;;_ M ;/sf/n] rLgsf] j'xfgaf6 cfh ljxfg NofPsf g]kfnLx? /flvPsf] eQmk'/sf] vl/kf6Ll:yt ljB't k|flws/0fdf agfPsf] Sjf/]G6fO{g . tl:j/ M /d]z lu/L, /f;;
सरकारले आइतबार रातिसम्म विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा पठाउने भएको छ।
शनिबार दिउँसोसम्म विभिन्न एयरलाइन्सबाट आएका ६१ यात्रुलाई भने सरकारले नेपाली सेनाले व्यवस्थापन गरिरहेको खरीपाटीस्थित क्वारेन्टाइनमा पठाएको छ।
सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो।
तर भारत चीन थाइल्याण्ड सिंगापुर र हङकङबाट आउने यात्रुलाई भने प्रतिबन्ध लगाएको थिएन। यी मुलुकलाई ट्रान्जिट बनाएर अन्य मुलुकबाट भने यात्रु आउन नपाउने सरकारले जनाएको थियो।
आइतबार राति १२ बजेदेखि भने चैत १८ गते राति १२ बजेसम्म विदेशबाट आउने सबै जहाजलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ।