
गोरखा । आगामी बैशाख १२ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनीक बिदा दिने निर्णय गरेको छ ।
२०७२ वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आचार्यले बताए ।
शुक्रवार सुचना जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ । भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र ७२ जनाको मृत्यु भएको थियो ।

