• मंगलबार, भाद्र ३० २०८३

अब गोरखाको अर्गानिक मायाको चिनो ‘पृथ्वीनारायण शाहको मूर्ति’


शुक्रबार, बैशाख ९ २०७९
900
Shares

गोरखा । गोरखाको उद्यमी महिलाहरुले अर्गानिक मायाको चिनोका रुपमा पृथ्वीनारायण शाहको मूर्तिलाई अघि सारेका छन् । शाहको जन्म नगरी गोरखाका उद्यमी महिलाहरुले उनले राज्य एकिकरणमा दिएको योगदानको सम्मान र इतिहासको जगेर्ना स्वरुप देशविदेशमा मूर्तिलाई मायाको चिनोका रुपमा विक्रि वितरण गर्ने गरी तयारी सुरु गरेका हुन् ।

जसका लागि १० जनालाई मूर्ति बनाउने एक महिने तालिम दिइएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगममा महिला उद्यमी संघ नेपालले तालिमको आयोजना गरेको हो । तालिमको हिजो बिहिबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

संघको गोरखा अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्मुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्तले महिलाहरुले उत्पादन गरेका मूर्तिको विक्रि वितरणलाई सहज बनाउन बजार ब्यवस्थापनमा समेत सघाउने प्रतिवद्धता जनाए ।

महिलाहरुलाई स्वरोजगार बनाउने अभियानसंगै इतिहासको संरक्षणमा यो कार्यले योगदान पु¥याउने उनले बताए । हरेक बर्ष करोडौको मायाको चिनो विदेश तथा अन्य जिल्लाबाट आयत हुदै आएकोमा अब त्यसलाई रोक्दै गोरखाबाट देश विदेशमा निर्यात गर्ने अवस्थाको सृजना गर्नुपर्नेमा मेयर पन्तले जोड दिए । त्यसका लागि गोरखा नगरपालिकाले सहकार्य गर्न तयार रहेको समेत उनको बताए ।

राष्ट्र निर्माताका रुपमा रहेका शाहको योगदानको कदर स्वरुप मायाको चिनोका रुपमा मूर्ति निर्माण गरी विक्रि गर्ने तयारी थालिएको संघकी अध्यक्ष रेग्मीले बताइन् । महिलालाई इतिहाससंग जोडेर आत्मनिर्भरसंगै ब्यवसायिक रुपमा अघि बढ्न र बढाउन संघले यो कार्यको थालनी गरेको उनले बताइन् ।

अन्य बस्तु आयात गर्दा गोरखाको पहिचान र अस्तित्व गुम्ने खतरा रहेको र आर्थिक रुपमा समेत गोरखाले ठूलो क्षती ब्यहोर्नु परेकाले उत्तम विकल्पका रुपमा यो अभियानलाई अघि बढाइएको अध्यक्ष रेग्मीले बताइन् ।

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष नारायण अर्याल, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले बोलेको संघका सचिव सुजना पाण्डेले बताइन् । तालिममा शारदा खत्रीले सहजीकरण गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार