• बुधबार, भाद्र ३१ २०८३

जिम्बाबेसँगको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा, को–को परे ?


शुक्रबार, बैशाख ९ २०७९
1.1K
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ । सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् भने विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् ।

यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने परेका छैनन् । नेपाल र जिम्बाबे ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछ ।

१७ वैशाखदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ । यस्तै टी–२० शृंखलाको पहिलो खेल २३ गते दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ । जिम्बाबे एले नेपाल भ्रमणका लागि बिहीबार टोली घोषणा गरिसकेको छ । जिम्बाबे ए टोली अप्रिल २८ मा नेपाल आउनेछ ।

को–को परे ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार