• मंगलबार, भाद्र ३० २०८३

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडपः ७ जनाको मृत्यु, ४ घाइते


शुक्रबार, बैशाख ९ २०७९
1.1K
Shares

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु भएको छ । झडपमा ४ जना घाइते भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भइरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच झडप भएको छ। प्रधानमन्त्री मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी समूहहरुसँग झडप भएको जनाइएको छ।

झडपमा अहिलेसम्म २ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। झडपमा ५ जना आतंककारीहरु मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।प्रधानमन्त्री मोदी आगामी आइतबार जम्मु कश्मिरको भ्रमणमा जाने तयारीमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार