• मंगलबार, भाद्र ३० २०८३

गण्डकी सहितका क्षेत्रमा चट्याङ सहित बर्षाको सम्भावना


शुक्रबार, बैशाख ९ २०७९
525
Shares

हाल नेपालमा विहार र पश्चिम बंगालमा आसपास रहेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

देशका केही स्थानमा आज शुक्रबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बिहान हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार