• मंगलबार, साउन १२ २०८३

थप १५ जनामा कोरोना संक्रमण, ३२ जना निको भए


बिहिबार, बैशाख ८ २०७९
560
Shares

नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार ३ हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

२ हजार ८३ जनाको पिसिआर र एक हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर २ सय ९८ जना सक्रिय संक्रमित छन्।

३२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार