• मंगलबार, भाद्र ३० २०८३

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुईजना पक्राउ


बिहिबार, बैशाख ८ २०७९
660
Shares

तनहुँ। तनहुँकाे शुक्लागण्डकी नगरपालिका-११ साँखे बस्ने ४३ वर्षीय भीमबहादुर थापाको घरमा पार्किङ गरी राखेको ध.१ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पश्‍चिम आठबिसकोट नगरपालिका-३ घेत्मा घर भइ हाल स्याङ्जा हरिनास गाउँपालिका चिसापानीस्थित सडक निर्माण गर्ने क्याम्पमा बस्ने २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका छन् ।

उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा मंगलबार ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शुक्लागण्डकी नगरपालिका-८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूमाथि तनहुँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार