• शुक्रबार, साउन २९ २०८३

कोरोना भाइरसबारे अडियो मार्फत भ्रम फैलाउने व्यक्ति पक्राउ


शनिबार, चैत्र ८ २०७६
995
Shares

कोरोना भाइरसले संक्रमित बिरामीको मृत्यु भएको भन्ने अडियो क्लिप फेसबुक मार्फत भाइरल बनाउने व्यक्ति पक्राउ परेका छन। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई  पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ। 

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट मृत्यु भएको भन्ने अडियो बनाएका थिए। उनले संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए ।

उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार