
ललितपुरमा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज (बिहिबार) बिहान विष्फोट भएको हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेलाई उपचारका लागि पाटन र बीएण्डबी अस्पताल लगिएको छ ।
मृतक र घाइतेहरु कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ ।