
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। चाँदीको भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाला सुन १ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजाबी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, बिहीबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ।
आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।