• शनिबार, साउन ९ २०८३

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


शनिबार, चैत्र ८ २०७६
835
Shares

काठमाडाैँ – स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 
स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन। हाल देशका पश्चिमी भूभागलगायत अन्य पहाडी भूभागमा आङ्शिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

राति देशका पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली रही देशको पूर्वी र मध्य भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ।

आइतबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। सोमबार देशभर आङ्शिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार