• मंगलबार, भाद्र ३० २०८३

राष्ट्रिय सभाका पूर्वसदस्य शाहको निधन


बुधबार, बैशाख ७ २०७९
1.1K
Shares

राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ ।

शाहको मङ्गलबार काठमाडौँको गैरीधारामा रहेको निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी थिए ।

२०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उनी राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत भए । शाहको जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार