• मंगलबार, भाद्र ३० २०८३

मोटरसाइकलको चक्कामा सल बेरिँदा लडेर युवतीको मृत्यु


बुधबार, बैशाख ७ २०७९
610
Shares

काठमाडौं। मोरङको ग्रामथान गाउँपालिका–७, बजरंगबलीमा मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपालीको मृत्यु भएको हो ।

मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब पौने ७ बजे को३८प २२०३ नम्बरको मोटरसाइकलमा पछाडि सवार उनले लगाएको लेहेंगाको सल चक्कामा बेरिँदा मोटरसाइकलबाट लडेकी थिइन् । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय हरैँचाले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार