• मंगलबार, भाद्र ३० २०८३

पल शाहलाई नवलपुर अदालत लगिँदै


बुधबार, बैशाख ७ २०७९
690
Shares

बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई बुधबार (आज) नवलपरासी पूर्व लगिने भएको छ। जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बाेलाएकाे हाे। त्यहाँ पनि उनै पीडितका तर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएकाे हाे। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे। 

तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्। उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदै छ। यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो। 

जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ। साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जानकारी दिएको छ। 

यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियाे। मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन्। 

त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ। यसअघि पीडितको बकपत्र गराउँदा पनि उनी साथै थिए। पीडित नाबालिग भएकाले त्यतिबेला पनि उनलाई संरक्षकका रुपमा साथै राखिएको हो। 

बुबासँगै हुँदा पीडितले पलले बलात्कार नगरेकाे बयान दिइन्। मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो। अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बताएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार