• शनिबार, कार्तिक १५ २०८३

आजदेखि कृषि गणना सुरु


मंगलबार, बैशाख ६ २०७९
835
Shares

सातौँ कृषि गणना आजदेखि सुरु भएको छ ।

वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना सुरु गरिएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए। यसका लागि लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरिवेक्षक कार्यस्थलमा पुगिसकेको रेग्मीले जानकारी दिए।

विभागले जनगणना जस्तै कृषि गणना पनि हरेक १० वर्षमा गर्दै आएको छ। नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो। वैशाख १९ सम्म सञ्चालन हुने गणनामा किसान परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ।

गणकले संकटमा परेका रैथाने पशुपन्छीको तथ्यांक, सम्पूर्ण बाली, माछा, पशुपन्छीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन गर्नेछन्। यस कृषि गणनामा किसानलाई २४ प्रश्न सोधिने विभागले जनाएको छ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा झन्डै ६६ प्रतिशत किसान र कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा पशुपन्छी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ। कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रूपमा बाँझो जमिनको तथ्यांक संकलन गरिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार