• मंगलबार, भाद्र ३० २०८३

केजीएफ २ ले चार दिनमै कमायो ५ सय करोड


सोमबार, बैशाख ५ २०७९
925
Shares

मुम्बई। कन्नड स्टार यश अभिनित फिल्म केजीएफ च्याप्टर २ ले पहिलो विकेन्डमै नयाँ कीर्तिमान बनाएको छ। फिल्मले आइतबारसम्म भारतमा मात्रै १९३ करोड बढी कमाइसकेका छन्। बलिउड हंगामाका अनुसार चार दिनमा फिल्मले कूल १९३.९९ करोड कमाइ गरेको छ।

फिल्मले पहिलो दिन ५३.९५ करोड, दोस्रो दिन ४६.७९ करोड, तेस्रो दिन ४२.९० करोड र चौथो दिन ५०.३५ करोड कमाइ गरेको हो। त्यस्तै विश्वभरि यो फिल्मले चौथो दिनसम्म ५ सय करोड कमाइ गरेको छ। 

केही समयअघि आरआरआरले विश्वभरि एक हजार करोड कमाइ गर्ने फिल्म बनेको थियो। फिल्ममा यशसँगै सञ्जय दत्त र रविना टण्डन मुख्य भूमिका देखिएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार